• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्रीले नौटंकी गरिरहेका छन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीले भारतकै इसारामा संसद् विघटन गरेको आरोप लगाएका छन् ।

 

कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गत वर्षदेखि तीनपटक प्रयास गरेर ओलीले पार्टी फुटाएको टिप्पणी गरेका छन ।

 

तीनपटक पार्टी फुटाउन खोज्नु भो हामीले जोगायौं । अहिले त घरमै आगो लगाइदिनुभयो, दाहालले भने,"भारतले इसारा गरेर पार्टी विभाजन र संसद् विघटन गरेको जनताले देखिसके अब यसलाई के भन्नुहुन्छ "?

 

उनले प्रधानमन्त्रीले १०० जना केन्द्रीय सदस्य लिएर ११ सय भन्दै नौटंकी गरिरहेको आरोप समेत लगाएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार