• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

निरन्तर बढ्दै नेप्से

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढेको छ । नेप्से मंगलबार २८ दशमलव ३१ अङ्कले बढेर २ हजार २ सय ६७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

 

जीवन बीमा समूहको शेयर ३ सय ७६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर २ सय ७३ अङ्कले, जलविद्युतको ६०, माइक्रोफाइनान्सको ५३, बैंकको १४ र विकास बैंकको शेयर १९ अङ्कले बढेको छ ।

 

मंगलबार दुई सय दुई कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर चार अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

 

मंगलबार आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत र अरू आठ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतका दरले कमाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार