• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

'अहिले म्युजिक भिडियोले चलचित्रकर्मीलाई बचाएको छ'

काठमाडौं । कलाकार राज खड्का अभिनयसंगै म्युजिक भिडियो निर्देशकका रुपमा पनि परिचित छन । उनको निर्देशनमा हालै  ‘कस्तो लाग्यो तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मण्डला थियटर लगायत बिभिन्न समुहमा बसेर नाटकहरुमा पनि अभिनय गरेक राजले रंगमञ्च सँगै तीन दर्जन बढी म्युजिक भिडियो निर्दशन गरेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन । दुई दर्जन बढी भिडियोमा उनी आफैले अभिनय गरेका छन । गीत संगीत अभिनय  हुँदै निर्देशनमा होमिएका उनले आफ्ना अनुभव हामीलाई बताएका छन । उनका भोगाइ र अनुभव उनकै शब्दमा :

 

म्युजिक भिडियोमा गरेको दुख सघर्ष शब्दमा व्यक्त गर्न कठिन छ। मेरो रहर यहि क्षेत्रमा भएका कारण मैले जस्तोसुकै कठिन परिस्थिती आएपनि पेशाबाट हरेस खाइन। दुखमा नआत्तिने बानी छ मेरो किनभने म आफु यो क्षेत्रमा आउनु अघि धेरै दुख संघर्षहरुसँग लड्दै अघि बढ्ने प्रयत्न गरिरहेको थिए । यो क्षेत्रमा मेरो यात्रा म्युजिक भिडियोबाट सुरु भयो। पहिला पहिला गीतहरु आफै बनाउने गर्थे, लेख्थे संगीत पनि दिन्थे । तर म यसमा मात्र सिमित हुन सकिन मैले आफ्नै गीतबाट भिडियो बनाउन सुरु गरे ।

 

भिडियोहरु निर्देशन गर्न थालेपछि प्रतिक्रियाहरु पनि राम्रो आउन थाल्यो । त्यसपछि मलाई धेरै राम्रा राम्रा म्युजिक भिडियोका निर्देशनका जिम्माहरु आउन थाले। अहिले व्यवसायिक रुपमै अभिनय र भिडियो निर्देशनमा काम गरिरहेको छु । गीत बनाउने कुरामा अहिले अलिक कम छ छोडेको चाँही छैन । केहि गीतहरु मेरो आफ्नो शब्द संगीतमा आउने तयारीमा छन ।

 

यो क्षेत्रमा व्यवसायिका रुपमा लागेको आज दश वर्ष हुन लाग्यो । यो अवधीको यात्रा सहज थिएन काडाहरु धेरै थिए । त्यसलाई पन्छाउँदै आफुलाई सफा गर्दै अझ भनौं आफुलाई निर्खादै आज यहाँसम्म आइपुगेको छु । अहिले पनि संघर्ष नै गरिरहेको छु । जिन्दगीलाई बुझ्ने मौका हो सघर्ष । त्यसैले जस्तोसुकै वाधा अड्चन आएपनि हामी कति पनि बिचलित हुनु हुँदैन। सधै मनमा सकारात्मक सोच लिएर हिड्नुपर्छ । एकदिन अवश्य सफलता पाइन्छ । 

 

पछिल्लो समय यो क्षेत्रमा अलिक लहडमा आउनेहरु बढेका छन । देखावटी धारतिर लागेकोले काम गर्ने वातावरण सहज छैन । चलचित्र क्षेत्र लगभग एक बर्षदेखी ठप्प भएको कारण चलचित्रका प्राय कलाकारहरु म्युजिक भिडियो मै केन्द्रित छन । अहिले चलचित्रकर्मीलाई म्युजिक भिडियोले बचाएको छ भन्दा पनि हुन्छ । त्यसमाथी लगानीकर्ताहरुले पनि चलेको कलाकार आफ्नो भिडियोमा खेलाउन होडबाजीले अवश्य नै केही गाह्रो भएको छ । अहिले म्युजिक भिडियो  सानो खर्चमा बन्नै छाडेका छन । एउटै भिडियोको लगानी नै सर्ट फिल्म जत्तिको हुन थाल्यो । कलाकारको पारिश्रमिक पनि ह्वात्तै बडेको छ । त्यसैपनि हाम्रो बजार सानो छ, लगानी उठाउन मुश्किल, केहि लगानीकर्ताहरुले जोखिम मोलेरै भएपनि लगानी गरिरहेका छन । 

 

यसले एउटा राम्रो के पनि गरेको छ भने पछिल्लो समय नेपाली म्युजिकमा राम्रो भिडियो बन्न थालेका छन, नेपाली गीत संगीतको भिडियो बिदेशी बजारमा पनि सुनिनहेरिन थालिएको छ । यो बेला हामीले लगानीकर्तालाइ बचाएर बजारलाई अझै प्रचारप्रसार गर्न सक्यो भने अझै बजार बढ्दै जान्छ भन्ने आशा गर्न सकिन्छ । 

 

 

म आभिनय र निर्देशनमा लागेको हुनाले पनि यस क्षेत्रको दुख पिडालाई नजिकबाट देखेको र भोगेको छु। बजारको हिसाबले हेर्दा कलाकारको डिमान्डले लगानीकर्तालाई मार पर्न थालेका छन् । कलाकारले एक दिनको ८० हजार देखि २ लाखसम्म पारिश्रमिक लिन थालेपछि भिडियो बनाउनेहरुलाई गाह्रो पर्न थालेको छ। यसमा यो पनि हुन्छ कि केही चलेका चलचित्रबाट आएका कलाकारहरुको पारिश्रमिक एकदमै माथी हुन्छ भने मध्ययम तथा बिल्कुलै नयाँ र निरन्तर रुपमा संघर्ष गरिरहेकाहरुलाई खासै मतलब गरिदैन। यहाँ काम भन्दा ब्राण्ड धेरै हेरिन्छ ।  


पछिल्लो समय म्युजिक भिडोयोलाई एउटा छोटो कथामा जीवन्त रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छु । कलाकारले काल्पनिक जीवनलाई गहिरो ढंगले बाच्ने हो त्यस्तै पात्रहरु प्रस्तुत गरेर भिडियोहरु बनाउने कोशिस गरिरहेको छु। दर्शकको प्रतिक्रियाहरु पनि सकारात्मक आईरहेको छ । त्यसैले दुख  भएपनि पछिल्लो समय यो क्षेत्रमा मलाई केही राहत महसुस हुन थालेको छ र सहज भएर काम गर्ने  कोशिस गरिरहेको छु । आफैले अभिनय निर्देशन गरेको भिडियोको लगानीमा निर्मातालाई पनि सहज वातावरण श्रृजना गराउने कोशिस गर्दैछु । 


पैसाको कुरा भनेको निमार्ताहरुको स्वतन्त्रताको कुरा हो । निमार्ताहरुले जे जसरी दिन्छन् त्यो उनीहरुहरुको कुरा हो । त्यसमा मैलै केही बोल्न मिल्दैन । मेरो भनाई यती हो कि केहीलाई काखा केहीलाई पाखा गर्नुभएन ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार