• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

शेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । आज सोमबार शेयर बजार  सामान्य अंकले बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ । 

 

बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ ।

 

आज दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

सोमबार आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार