• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नेपालमा कोरोना खोप प्राप्त भएको एक हप्ताभित्र वितरण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताएका हुन् ।

 

सोमबार पत्रकार सम्मेलन गर्दै उनले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताए। निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उनको भनाइ छ ।

 

यद्यपि एक करोड ७० लाख खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उनले बताए । खोप न्यायपूर्ण ढङ्गले वितरण गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । उनले सञ्चालनमा रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने र त्यसका लागि पाँच हजार कर्मचारी खटाउने पनि बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार