• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

प्रचण्ड-नेपाल समूहद्वारा निर्वाचन प्रक्रिया रोक्न आग्रह

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

 

सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन्। प्रचण्ड-माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् ।

 

आफूहरुसँग पार्टीको प्रष्ट बहुमत रहेको भन्दै समूहका नेताहरुले अर्को पक्षलाई आफ्नो दाबी पेश गर्न भन्नुपर्ने बताएका थिए । तर आयोगका पदाधिकारीहरुले भने बहुमत छ कि छैन भन्ने प्रक्रिया सुरु भएपछि मात्र भन्न सकिने बताएका छन् । अहिले दुबै पक्षले विवरण अध्यावधिक मात्र गर्न पत्र पठाएकाले आयोग वैधानिकतासम्बन्धी विवादमा प्रवेश गर्न नसक्ने बताएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार