• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपालकी पुष्पालाई शेख मुजिव म्याराथनको स्वर्ण

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजिब म्याराथनको स्वर्ण जितेकी छिन् ।

 

बंगलादेशको ढाकामा भएको म्याराथनमा पुष्षाले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनलाई पछ्याउँदै ३ घण्टा ४६ सेकेण्डमा दुरी पुरा गरेकी भारतकी ज्योति गवाती दोस्रो तथा गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भइन ।

 

पुष्पाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन् । पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौथो भए । 

 

दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराएका छन् । यो विधामा भारतका बहादुर सिंहले २ घण्टा २१ मिनेट ४० सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार