गायक थापाको आवाजमा ‘मैले गर्ने माया’ बोलको गीत सार्वजनिक
काठमाडौं । गायक सौगात जंग थापाको आवाजमा रहेको ‘मैले गर्ने माया‘’ बोलको गीत सार्वजनिक भएको छ ।
सौगातलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । उत्तम कुमार बर्तौलाले रचना गरेको गीतमा प्रशान्त पौडेलको संगीत सुन्न पाइन्छ ।
उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार भएको भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगानाको अभिनय हेर्न पाइन्छ ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् । भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस