• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

क्रिकेटर कुन्दनको निधन

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको आइतबार निधन भएको छ । दुवै मिर्गौला खराब भएर लामो समयदेखि उपचाररत सिंहको २४ वर्षको उमेरमा निधन भएको हो । 

 

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गौला फेर्न सकेका थिएनन् । उनी एक वर्ष देखि उपचाररत थिए । कुन्दनले दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप क्रिकेट खेलेका थिए । 

 

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घको अगुवाइमा जनकपुरमा ‘कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनको उपचारमा सहयोग गरिँदै आएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि कुन्दनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार