• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

जब प्रधानमन्त्री ओलीले रोष्टममै थुके ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकको क्रममा रोष्टममै थुकेपछि अहिले सामाजिक संजाल आलोचनाले भरिएको छ । राष्ट्रियसभको बैठकमा शुक्रबार दिउँसो सम्बोधन गर्दै गर्दा रोष्टममै प्रधानमन्त्री ओलीले थुकेका थिए ।

 

प्रधानमन्त्री ओलीले थुकेको भिडियो  सामाजिक संजालमा चर्चा भइरहेको छ। उनको भिडियोको  टिकटक समेत बनाइएको छ। प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र सम्बन्ध र छिमेकी मुलुकको परराष्ट्र सम्बन्धका बिषयमा चर्चा गर्दै गर्दा थुकेका थिए ।

 

माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवारी १४ तारिखमा भारत भ्रमणमा जाने र नेपालले छापेको आफ्नो भू-भाग समेतका विभिन्न बिषयमा छलफल गर्ने जानकारी दिने क्रममा ओलीले रोष्टममा थुकेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार