• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।  

 

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बैठक अन्त्य गरेकी हुन् । राष्ट्रियसभाको बैठक पुस १७ गते सुरु भएको थियो । बैठकलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अन्त्य भएको हो ।

 

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने जानकारी गराएका थिए । राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा ४ बैठक बसेका थिए । चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार