• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुनको मुल्य दुई हजार तीन सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।

 

आज सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै तेजावी सुनको मूल्य तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ ।  यसैगरी चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि मूल्य अस्थिर भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार