• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

पारस सहित १० खेलाडी पीएसएलको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित १० खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा पर्न सफल भएका छन् । 

 

शनिबार पाकिस्तानी क्रिकेट बोर्डले निकालेको ड्राफ्टमा उनीहरु पर्न सफल भएका हुन् । ड्राफ्टमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उप–कप्तान दिपेन्द्र सिह ऐरी, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख रहेका छन् । 

 

ड्राफ्टमा एउटा टोलीले कममा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउनेछ । २० देशबाट ४ सयभन्दा बढी विदेशी खेलाडी पीएसएलको ड्राफ्टमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार