• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

यी हुन बलिउड नायिका दीपिका पादुकोण बारे केही रोचक तथ्य

१.बलिउडका बादशाह शाहरुख खानको फिल्म हेरेर हुर्केकी नायिका दीपिका पादुकोणले यो कहिले सोचेकी थिइनन् कि उनको पहिलो हिन्दी फिल्म ‘ओम शान्ति ओम’ मा उनी रोमन्सका बादशाहसँग स्क्रिन सेयर गर्न पाउँछिन् । 

 

२.फराह खानले दीपिकाको एउटा विज्ञापन हेरेपछि फिल्म ‘ह्यापी न्यू एयर’ मा नायिकाको लागी उनलाई अफर गरेकी थिइन। तर, फिल्मको शुरूवात नै हुन सकेन। त्यसैले पनि फरहाले दीपिकालाई ‘ओम शान्ती ओम’ मा लिएकी हुन। 

 

३.शाहरुख खान जस्तो ठुलो कलाकारसँग दीपिका खुलेर काम गर्न सकोस् भन्ने हेतुले पनि फिल्म ओम शान्ती ओम सुटिङको शुरुमा शाहरुख, दीपिका र फराहसँगै लन्च र डिनर गर्ने गर्थे ।  

 

४.दीपिकाको बुवा प्रकाश पादुकोण एक जमानाका प्रसिद्ध ब्याटमिन्टन खेलाडी हुन । यसकारणले पनि दीपिकाको झुकाव यस खेल प्रति धेरै थियो । तर, उनले कहिल्यै यस खेलबाट आफ्नो क्यारियर बनाउँछु भनेर सोचिनन्। 

 

५.दीपिका सानो बहिनी अनिषाको झुकाव भने खेलमा छ र उनलाई गल्फ खेल्न धेरै मन पर्छ । 

 

.मोडलिङ जगतबाट आफनो क्यारियर शुरु गरेकी यी नायिकाले बलिउडमा आफनो छुट्टै पहिचान बनाइन। अहिले बलिउडमा उनलाई करोडौं दर्शकले मन पराउँछन्। एफएचएमले उनलाई ‘सेक्सिएस्ट वुमन इन द वल्र्ड’ र मेक्सिमले ‘द हटेस्ट गर्ल अन अर्थ’ घोषित गरेको थियो ।  


७.बलिउडमा आउनु अघि उनी निहार पाड्यासँग अफयेर मा थिइन । उनीहरूले केही हट फोटो पनि खिचाएका थिए । 

 

८.बलिउडमा प्रवेश गरेपछि उनी रणवीर कपुरसँग नजिक हुन थालिन । एक समारोहमा दीपिकाले रणबीरलाई स्टेज पछाडी प्रेम प्रस्ताव राखेकी थिइन। दुबै प्रेम सम्बन्धमा रहेको कुरा पनि उनीहरुले लुकाएका थिएनन् । 

 

९.नोवेम्बर २०१० मा प्रशारित टीवी शो ‘कफी वीद करण’ को एक एपिसोडमा करण जोहरले दीपिकालाई रणवीर कपुरलाई के गिफ्ट दिन चाहनुहुन्छ भनेर सोधेको थिए, उत्तरमा उनले ‘कन्डम’ भनेर जवाफ दिएकी थिइन। नायिका सोनम कपुरसँग उनी उक्त शो मा थिइन भने उनले सोनामसँग मिलेर रणबीरको खूब मजाक उडाएकी थिइन जसको कारण रणबीरका पिता स्वर्गीय ऋषि कपूर रिसाएका थिए । 

 

१०.रणबीर कपूरसँगको ब्रेकअप पछि दीपिका सिद्धार्थ माल्यासँग नजिक हुन थालिन। दीपिका कै लागि भनेर सिद्धार्थले आफ्नो शरिरिको तौल घटाए। दुबैको जोडी सुहाएको देखियोस् भनेर उनले यो सबै गरेका थिए । 

 

११.‘कभी-कभी’ (१९७६) र ‘दिलवाले दुल्हनीया ले जाएंगे’ (१९९५) दीपिकाको मनपर्ने फिल्महरु हुन।

 

१२.अमिताभ बच्चन, अमिर खान र शाहरुख खान तथा हलिउडका रिचर्ड गेरे, ब्रेड पिट र जानी डेप उनलाई मन पर्ने कलाकारहरु हुन । 

 

१३ दीपिकाले जब आफनै कमाईले घर किनिन् त्यो समय उनी धेरै भएकी थिइन ।  

 

१४.फुर्सदको समय दीपिका मनपर्ने खानेकुरा खान, फिल्महरु हेर्न, संगीत सुन्न र सुत्न निकै धेरै रुचाउँछिन् । 


१५.बलिउड सुपरस्टार अमिताभ बच्चनले भनेका छन्,यदि दीपिका उनको जमानाको नायिका भएकी भए उनी दीपिकासँग प्रेम-सम्बन्धमा हुन्थे । 

 

१६.दीपिकाले १४-१५ नोभेम्वर २०१८ मा कोंकणी र रीतिरिवाज अनुसार रणवीर सिंहसँग इटलीमा बिवाह गरेकी थिइन ।एजेन्सी  


 


 


 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार