• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

कक्षा १२ को नतिजा माघको पहिलो साता सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघको पहिलो सातासम्म सार्वजनिक गर्ने भएको छ । गत मंसिर ९ देखि १६ गते सम्म संचालन गरेको परिक्षाको नतिजा बोर्डले माघमा सार्वजानिक गर्ने भएको जनाएको हो ।

 

हाल उत्तर पुस्तिका परीक्षण सकिएको, प्राप्ताङकको इन्ट्री गर्ने काम जारी भएको र कोरोना लागेर परीक्षा दिन छुटेका विद्यार्थी संख्या पनि थोरै भएकाले छिट्टै परीक्षाफल सार्वजनिक हुने बोर्डले जनाएको छ ।

 

देशैभरबाट परिक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी भएका थिए । कोरोना महामारीका कारण बैशाख–जेष्ठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार