• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

प्रदेश १ को हातमा प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलको उपाधि प्रदेश १ ले जितेको छ । आज भएको खेलको फाइनल साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।

 

जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित रह्यो । उसका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् ।

 

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

 

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए। यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन्।

 

बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो । जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार