• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
श्रृङगार

नायिकाको मेकअप ब्राण्ड

फ्रेसन्युज संवाददाता काठमाडौं । मेकअप बिनाको नारी र नारी बिनाको मेकअप सायद अधुरो हुन्छ । पौराणिकालिन कतिपय कथाले पनि यस कुराको पुष्टि गरेको छ। ब्राण्डेड कपडा, जुत्ता,गगल्सदेखि लिएर आफू चढ्ने सवारी साधन सानदार होस भन्ने चाहाना कसको हुँदैन र । झन नेपाली कलाकारहरुको त कुरै छाडौ उनीहरुको जीवनशैली सामान्य मानिसहरु भन्दा फरक नै हुन्छ । 

 

नेपाली महिलाहरु धेरै नै फेसनेवल लाग्ने बताउँछिन् नायिका रिचा शर्मा । उनले आफु प्राय मेकअपको सामान बाहिर जाँदा नै किन्ने  बताइन । भारतीय नायिका सोनम कपुरको फेसनबाट प्रभावित रिचा बडी शप, च्यानल, वाईएसएल र डायर बाट नै मेकअपका सामानहरु किन्ने बताउँछिन् । 

 

गाउँका सामान्य महिला देखि शहरीय जीवनशैलीमा हुर्केका महिलाहरु पनि सौन्र्दय प्रति उत्तिकै लगाव राख्छन्। गाउँमा गुन्यचोली, टिकी र चुल्ठो बाटेर चिटिक्क पर्छन भने शहरमा गाउँजस्तो हुँदैन । शहरका युवतीहरु बिभिन्न किसिमका सौन्र्दय प्रयोग गरेर सुन्दर देखिने प्रयासमा हुन्छन् । यसभित्र गरगहना लिस्पिटक, पर्फयुम क्रिम मात्र पर्दैन पहिरन समेत पर्न आउँछ । 

 

नायिका प्रियंका झा राम्रो सोच्नु र राम्रो बन्नु नै आफनो सुन्दरताको राज भएको बताउँछिन्  । खाली अनुसार भरी क्रिम दलेर मात्र सुन्दर होईदैन, पहिला हाम्रो मन सुन्दर हुन जरुरी छ, उनले भनिन्। लोट्स, भिएलसीसी, र निभिया क्रिम आफुले प्रयोग गरिरहने ब्राण्ड भएको उनले बताइन । म प्राय जनकपुरबाट आफनो मेकअपका सामानहरु मगाउने गर्छु। भारतीय नायिका माधुरी दिक्षीत को मेकअपबाट प्रभावित नायिका झा आफनो अनुहारले जे जस्तो कुरा माग्छ त्यहि अनुसार मेकअप गर्ने बताउँछिन् । 

 

महिलाहरु प्राय आफनो अनुहार सजाउन व्युटीपार्लर धाउने गर्छन। झन चलचित्रका नायिकाहरु त आफनो अनुहार सजाउन मात्र भनेर महिनामा हजारौं रुपैयाँ खर्चिन्छन् । चलचित्र क्षेत्रमा लाग्नेहरु आफनो अनुहार सजाउन हजारौं खर्च गर्नु भनेको सामान्य जस्तै नै हो। 

 

यतीबेला सुन्दर देखिनु बाध्यता नै बनेको छ। मानिसको व्यक्तित्वमा बौद्धिक गुण जति आवश्यक हुन्छ सुन्दरता पनि त्यति नै महत्वपुर्ण हुन्छ। अहिले सुन्दर देखिनु अनिवार्य जस्तो नै भईसक्यो । महिला पुरुष दबैलाई सुन्दरता आवश्यक छ तर महिलाको हकमा सुन्दर हुनु उसको व्यक्तित्व बिकासका लागी एक शर्त जस्तो बनेको छ। यसमा तुलनात्मक रुपमा पुरुष भन्दा महिला बढि चिटिक्क परेर हिड्ने गरेको देख्न पाइन्छ । अहिले अधिकांश महिलाले सुन्दरतालाई पहिलो प्राथमिकता दिन्छन् र यसलाई आफनो व्यक्तित्व बिकास र आत्मबिश्वासको औजार नै ठान्छन् ।

 

केही महिलालाई छाड्ने हो भने धेरै महिलाहरु श्रृंगारलाई अनिवार्य काम नै मान्छन् । यसकै लागी मात्र भनेर उनीहरु समय र पैसाको जोहो समेत गर्छन । कतिपय आफनो अनुहार सुन्दर बनाउन व्युटीपार्लर नै धाउँछन् भने कति त घर मै पनि श्रृंगारिन्छन् । 

 

प्राय नायिकाहरु आफनो अनुहार राम्रो बनाउन व्युटीपार्लर नै जाने गरेको बताउँछिन् फेसन कोरियोग्राफर जयन सुब्बा मान्नधर। प्राय नायिकाहरु आफनो मेकअपका सामान बिदेशबाट नै ल्याउने उहाँको ठ्म्याई थियो । उनी आफनो सौन्दर्यका लागी लोट्स र ल्याक्मेको ब्राण्ड नै धेरै प्रयोग गर्ने बताउँछिन्। बिदेशी ब्राण्डमा भने ल्याण्डकम प्रयोग गर्ने उनको भनाई थियो । हलिउड र बलिउड कलाकाहरुको धेरैको फेसनमा आफु प्रभमावित रहेको उनले बताइन । 

 

आफ्नो सौन्दर्यमा निखार ल्याउन नायिका प्रियंका कार्की प्राय व्युटीपार्लर जाने गर्छिन । व्यस्तताका कारण प्राय उनी दुईतीन महिनामा एक पटक पार्लरमा गएर कपाल काट्ने, फेसियल गर्ने, हेयर ट्रिटमेन्ट लगायतका सेवा लिने गरेकी छन् । कुनै पनि सभा वा समारोहमा जाँदा भने उनी पार्लर जान्नन् । त्यस्तो अवस्थमा उनी आफ्नो नीजि हेयर र मेकअप आर्टिस्ट घरमै बोलाउँछिन् र आफूलाई तयार पार्छिन् । जुनसुकै बेलामा पार्लरमा गएर आफ्नो सौन्दर्य सुविधा लिए बापत उनले अरूले जत्तिकै पूरा शुल्क तिर्ने गरेकी छन् । म्याक, हुडा ब्युटी, काइली कस्मेटिक, अर्बन डीके ब्रान्डका लिपस्टिक प्रयोग गर्छिन नायिका कार्की । उनी पिच, न्युड लगायतका हल्का रङ बढी मन पराउँछिन । कहिलेकाहीँ विशेष समारोहमा रातो रङ पनि लगाउँछिन् उनी। मेकअपमा लिपस्टिकको महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । अनुहारमा पाउडरमात्रै लगाए पनि लिपस्टिक लगाउन भने उनी कहिले छुटाउँदिनन्। लिप ग्लस भने उनलाई त्यति मन पर्दैन ।

 

यस्तै नायिका केकी अधिकारी महिनामा एक पटक पार्लर जाने गर्छिन् । उनी निश्चित एउटामा नगई कहिलेकहाँ त कहिले कहाँ जाने गरेकी छन् । यसरी पार्लर गएपिच्छे क्लिन्जिङ र फेसियल गर्दा आफ्नो छालालाई चाहिने अक्सिजन पर्याप्त मात्रामा छालाभित्र पुगेर छाला स्वच्छ र सुन्दर हुने उनले बताइन । उनी कुनै चलचित्रको छायांकनको क्रममा थ्रेडिङ र हेयर कट भने त्यहीँ गर्ने गरेकी छन् । घरमा बसेको बेलामा भने प्रायः दस दिनमा थ्रेडिङ गर्ने उनको बानी छ । पार्लर जाने दिनमा उनी सबै काम पन्छाएर पूरै दिन पार्लर मै बिताउँछिन् । खासै फेसनमा रुची नदेखाएपनि उहाँलाई आफनो मुहारको सौन्दर्य प्रति भने धेरै नै लगाव रहेको देखिन्छ। ‘मेरो अनुहारमा जति मेकअप गरे पनि लिपस्टिक नलगाउन्जेल मेकअप खुल्दैन’, भन्छिन् नायिका अधिकारी । उनको बुझाइमा मेकअपमा सबभन्दा जरुरी भने कै लिपस्टिक हो रे । उनी प्राय लोरियलका लिपस्टिक लगाउने बताइन । यसबाहेक सिफोरा, म्याक लगायतका ब्रान्ड पनि उनलाई मन पर्छ । लिपस्टिकका रङमा उनी विविधता मन पराउँछिन् ।

 

कुनै पार्टी वा समारोहमा जाँदा बानेश्वरस्थित अनामिकीमा गएर मेकअप, हेयर स्टायल र नेल जेल गर्ने गर्छिन् नायिका बेनिशा हमाल । वाक्स, थ्रेडिङ लगायतका कामका लागि भने उनी घर नजिकैको पार्लरमा जाने गरेकी छन् । कम्तीमा पनि महिनाको दुई पटक पार्लर जाने उनको बानी छ । कुनै कार्यक्रममा जाँदा समय छ भने पार्लरमा मेकअप र हेयरस्टायल गराउने गरेकी उनी जान नभ्याए घरमै मेकअप गर्छिन् । सामान्यतया एक पटक पार्लर जाँदा करिब १० देखि १५ हजारसम्म छुट्ट्याउने बानी छ नायिका हमालको । 


नायिका स्वेता खड्का सुन्दरता भन्नु नै आफनो आत्मविश्वास भएको बताउँछिन् । उनी भन्छिन्, आत्मविश्वास बढ्न  पहिरन, मेकअप र लुक्समा आकर्षक देखिनुपर्छ । मेडिपिल, भ्याम्पायर फेसियल, आइबल ट्रिटमेन्ट र डार्क सर्कलको ट्रिटमेन्ट गराउको उनको भनाई थियो । उनी भन्छिन्, त्यसले मेरो सुन्दरतामा निखार आयो । महिला सुन्दरताका भोका हुन्छन । म मात्र होइन सबै महिलाले यसमा मेन्टेन गर्नुपर्छ ।

 

महिलाको लागि पछिल्लो समय सौन्दर्य कलाका जान्नु र सुन्दर बन्नु अत्यावश्यक भएको बताउँछिन् नायिका वर्ष शिवाकोटी  हामी कला क्षेत्रमा लागेकाहरुका लागि मेकअप अनिवार्य जस्तै भएको छ ।

 

मेकअप भनेको सौन्दर्यका लागि गरिने हो, भन्दै थिइन नायिका आशिष्मा नकर्मी । आफु अलि गोरी भएकोले  मेकअपमा जहिल्यै ध्यान दिने उनको भनाई थियो ।  मलाई एकदम साधारण हुन मन पर्छ । आफु सेलेब्रिटी हुँ भन्दैमा मेकअप गरिरहन मन नलाग्ने उनले बताइन । सुटिङमा मेकअप अनिवार्य गर्नुपर्छ । म पहिला सनस्क्रिम लगाउँछु । स्किन कलरभन्दा वानकलर (वानसेट) डार्क लगाउँछु । किनकि, धेरै गोरी देखिन मन लाग्दैन । गोरो मान्छेलाई बढी मेकअप सुहाउँदैन । सनब्लक र एलोभेराबाहेक अरू सामान नेपालमा किन्ने उनले बताइन । एक–दुईवटा नेपालमै किनेकी थिएँ । चित्त बुझेन । प्लस टु पढ्न बाहिर गएँ । उतै बानी परेँ । अहिले पनि बाहिरतिरबाटै मगाउने गर्छु । मेकअपका केही सामग्री नेपालबाटै लिने पनि गर्छु ।


नायिका सुरक्षा पन्त भन्छिन्, बाहिर हिड्दा धेरैजसो मेकअप नगरिक नै हिँड्छु । मलाई पुरानै कपडामा मेकअप विना हिँड्दा आनन्द आउँछ । बाटोघाटोमा भेट्नेले कता कता देखेको हो तपाईंलाई भन्छन् । ठ्याक्कै ठम्याउन सक्दैनन् । फेरि मसँग मेकअप गर्ने कला पनि छैन । म बिस्तारै सिक्दैछु ।

 

चलचित्रमा नायिकालाई सुन्दर बनाईदिने काम प्राय मेकअप आर्टिस्टको ने हुन्छ । चलचित्रमा मेकअपको ठूलो महत्व रहेको बताउँछन् मेकअप आर्टिस्ट सन्तु तामाङ । बाहिरबाट सामान्य सुनिए पनि मेकअप गम्भीर विषय रहेको उनको अनुभव छ । ‘मेकअप भनेको हल्का पाउडर लगाउने मात्र होइन,’ उनी भन्छन्, ‘कलाकारको रुप नै परिवर्तन गर्ने शक्ति हुन्छ । कलाकारलाई उसको भूमिकामा भिजाउने शक्ति मेकअपमा हुन्छ । यसले मानिसलाई वास्तविक बनाउनुपर्छ ।’

 

मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ । 

 

बिहे पार्टीमा जाँदा गर्ने मेकअप र कुनै औपचारिक कार्यक्रममा जाँदा गर्ने मेकअप धेरै भिन्न हुन्छ । मेकअप गर्दा बजारमा पाइने जुनसुकै क्रिम लगाउनु हुँदैन। बजारमा पाइने जुनसुकै क्रिम लगाउँदा अनुहारमा विभिन्न रोग, डन्डिफोर, एलर्जी, दागहरू देखिन सक्छन् । त्यसैले मेकअपका सामान किन्दा सही र राम्रो खालको मात्रै प्रयोग गर्नुपर्छ । मान्छेको आँखा सबैभन्दा पहिले अनुहारमा पर्ने भएकाले सिम्पल र सुहाउँदो मेकअप गर्नुपर्दछ । अनुहारलाई सुहाउने मेकअप गर्नुपर्छ । धेरै भद्दा मेकअप राम्रो हुँदैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार