• शनिबार १-८-२०८१/Saturday 04-20-2024
श्रृङगार

घरमै बनाउन सकिन्छ फेस प्याक,फेस प्याक प्रयोग बिधी

फेस प्याक के हो ? यसले के काम गर्छ ? 

अनुहारमा फेस प्याक वा मास्कको प्रयोग गर्नु  सौन्दर्य सम्बन्धी उपचारको प्राचिन बिधी हो । छाला र केसको सौन्दर्य र स्वास्थ्य बढाउनको लागि विभिन्न प्रकृतिक र जैबिक पदार्थ हरुको प्रयोग सम्बन्धी उदाहरणहरु प्रसस्त मात्रामा पाईन्छन् । 

 

फेस प्याक वा मास्कले अनुहारमा भएका स–साना समस्याहरुलाई निर्मुल पार्नुका साथै छालालाई उचित न्युट्रिसन दिएर रक्तसंचार सुचारु बनाउँछ । यसको साथै छालालाई टोनिक प्रदान गरि लचकता प्रदान गर्दछ । यो प्राकृतिक पदार्थ हुनाले यसमा प्राकृतिक गुणहरु पनि प्रसस्त मात्रामा रहेको हुन्छ । साथै यसको प्रयोगले छालामा थप चमक ल्याउँछ । 

 

प्याकको प्रयोग गर्दा बिभिन्न कुराहरुमा ध्यानमा राख्नु पर्दछ  :

–फेस प्याक प्रयोग गर्ने व्यक्तिको उमेर, छालाको प्रकार र तापक्रम । 

–फेस प्याक लगाईदिँदा ‘एन्टी रिङकल डिरेक्सन’ बाट लगाउनु पर्दछ । 

–फेस प्याकको प्रयोग गर्दा व्यक्तिको उमेरलाई बढि मात्रामा ध्यान दिनु पर्दछ । 

–कम उमेरका (२० देखी २५) उमेरका व्यक्तिहरुलाई फेस प्याकको प्रयोग गर्दा पातलो लगाउनु पर्दछ ।

–२५ देखी ४५ बर्षका व्यक्तिहरलाई प्याकको प्रयोग गर्दा ठिक्कको अलि बाक्लो प्याक प्रयोग गर्नु पर्दछ । 

यस लगायत ४० देखी माथिका उमेरका व्यक्तिहरुलाई समस्या हेरेर फेस मास्क वा थर्मो मास्कको प्रयोग गर्न सकिन्छ ।

 

फेस प्याक वा मास्क जहिले पनि १५ देखी २० मिनेट छालामा राख्ने । यसैगरि व्यक्तिको उमेरको साथ–साथै फेस प्याक छालाको प्रकारमा पनि निर्भर गर्दछ । 

 

चिल्लो छालाको लागी फेस प्याक

यस्तो छालाको लागी फेस प्याक तयार गर्दा अण्डाको सेतो भाग, अमिलो रस भएको फल, मेवाको गुदि, तुलसीको पात, निम, धनियाको पात, मुलाको रस, ध्यु कुमारी, पुदिना, बेसनको  मिश्रण गर्न सकिन्छ ।

 

सुख्खा छालाको लागि फेस प्याक 
यस्तो छालाको लागी फेस प्याकको प्रयोग गर्दा छालालाई मोस्चराईजर दिने खालको पदार्थहरुको प्रयोग गरिन्छ । जसमा आलमण्ड, मह, गुलियो फल, चन्दनको धुलो, अण्डाको पहेंलो भाग, मख्खन, ओलिभ अयल संवेदनशिल छालाको लागि संम्बेदनशिल छालाको लागि घिउ कुमारी, चन्दन, काँक्रो र गुलियो रस भएको फलको फेस प्याकले अनुहारको छालामा थप पोषण प्रदान गर्छ । 

 

मिश्रित छालाको लागि 
यस्तो प्रकारको छालाको लागि टमाटर, दहि, बेसन, चन्दन जस्ता पदार्थबाट बनाईएको फेस प्याक राम्रो हुन्छ ।  

 

स्रोत :सुषमा रावल (श्रेष्ठ), श्रृङगार घर व्युटिपार्लर एण्ड टे्रनिङ्ग  सेन्टर  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार