• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

त्रिविले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर दीक्षान्त समारोह गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर  दीक्षान्त समारोह आयोजना गर्ने जनाएको छ ।

 

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् । पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ ।

 

दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक ७ हजार ८७ जना बढी विद्यार्थीले आवदेन दिए पनि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको जनाइएको छ ।

 

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन ।

 

करिब दुई सय जनाको सहभागितामा दीक्षान्त समारोह गरिने परीक्षा नियन्त्रक जोशीले  जानकारी दिएका छन । पुस ६ गते विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोह आयोजना गरिँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार