• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

राष्ट्रपति भण्डारीको नेकपा विवादमा फेरी चासो, ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ। 

 

पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन्। ओली र राष्ट्रपतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो भने राष्ट्रपति र प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार