• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थप १३३४ जनामा कोरोना संक्रमण पुष्टि,१३ सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ३४ जना सङ्क्रमित थपिएका छन् ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ  ।

 

हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार