• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन, कार्यकर्ताले गरे प्रधानमन्त्रीको आलोचना

तनहुँ । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन ।

 

हिजो प्रहरी धरपकडमा परेका पौडेलले अन्ततः बिहीबार व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गरेरै छाड्ेका छन । पौडेलले रिवन काटेर पुल उद्घाटन गरे ।

 

बिहीबार भने पौडेल कांग्रेसका सयौं कार्यकर्ता सहित पुल उद्घाटन गर्न पुगेका थिए। कांग्रेस कार्यकर्ताले बुधबारको प्रहरी व्यवहारप्रति विरोध गर्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरे ।

 

सरकारको निर्देशनमा स्थानीय प्रशासनले हिजो कार्यक्रम गर्न अवरोध गरेको थियो भने कार्यक्रमस्थलमा निषेधाज्ञा समेत जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार