• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

मसलाका राजा तथा एमडीएच ग्रुपको मालिक धर्मपाल गुलाटीको निधन

काठमाडौं । एमडीएच ग्रुपको मालिक महाशय धर्मपाल गुलाटीको मृत्यु भएको छ । 

 

माता चन्दनदेवी अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनी केही दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । 

 

सन् १९२३ मा अहिले पाकिस्तानमा रहेको सियालकोटमा जन्मिएका थिए । उनी पाँच कक्षामा अध्ययनकै क्रममा पढाई छाडिदिएका थिए ।

 

सानो व्यवसायबाट सुरु गरेर  आफ्नो पहिचान कायम गर्न सफल भएका गुलाटी सामाजिक कार्यमा समेत अत्यन्त सक्रिय थिए । 

 

दिल्लीको करोलबागमा एक मसला पसल खोलेको  कारोबारले नै उनको पहिचान खुलाएको थियो । अहिले उनले खोलेका एमडीएच ब्रान्ड एक स्थापित ब्रान्डको रुपमा चर्चित छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार