• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

विजयेन्द्रसँग लगनगाँठो कस्दै नायिका श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन्। उनले मंसिर २२ गते धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

 

मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन्। तर श्वेताको विवाहको कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो। दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएको छ । 

 

चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । 

 

यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।चलचित्र निर्माणमा पनि हात हालेकी स्वेता व्यवसाय पनि गर्दै आएकी छिन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार