• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

विराज र विमलसहित ५८ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ ।

 

एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको हो ।

 

एन्फाले भविष्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै तयारी गर्ने सुरका साथ राष्ट्रिय टोलीको प्रशिक्षण गर्न टोली घोषणा गरेको हो ।  प्रशिक्षण मंसिर २८ देखि सुरु हुनेछ ‌।

 

प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन् । एन्फाले हालसम्म कालिनको अवस्थाबारे कुनै जानकारी दिएको छैन । उनको सम्झौता फेब्रुअरीसम्म रहेका कारण एन्फाले अब चाडैं निर्णय लिने बुझिएको छ ।

 

टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी पनि फर्किएका छन् । आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनारगमन गरेका छन् । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

 

बन्द प्रशिक्षणमा परेका टोली :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु 

 

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान 

 

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल

 

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार