• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन् । सन्दीपले आज ट्विट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

 

उनी १० दिनमा कोरोनामुक्त भएका हुन् । गत साता सन्दीपलाई कोरोना देखिएपछि उनी आइसोलेशनमा बसेका थिए।  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

 

सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए। संक्रमणमुक्त भएसँगै सन्दीप अब बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार