• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

बलिवुड अभिनेता सनी देवललाई कोरोना संक्रमण

मुम्बई । बलिवुड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देवललाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् । 

 

अभिनेता देवलले आफ्नो स्वास्थ्य ठिक रहेको र पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन्। सनी करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो ९हात० काधको सर्जरी गरेर फेरी मनाली फर्किएका थिए ।

 

हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए । मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

सांसद समेत रहेका दे कोवलरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त थिए भने उनी पञ्जावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार