• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

यसवर्ष शतबीज छर्न नपाइने

काठमाडौं । यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने भएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकोले शतबीज छर्न तथा महाद्वीप बाल्न यसपटक नदिइने भएको हो । 

 

पशुपति क्षेत्र विकास कोषले गत वर्षहरूमा जस्तो शतबीज छर्न आउनेका लागि गर्ने व्यवस्थापन यसपटक नर्गने भएको छ ।

 

आफन्त गुमाएकाहरूले श्लेषमान्तकलगायत ठाउँमा शतबीज छर्ने प्रचलन छ। पशुपति क्षेत्र विकास कोषले पनि यसवर्ष कोरोना महामारीको जोखिम रहेकोले भिडभाड हुने गरी शतबीज छर्न नदिइने बताएको छ।

 

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गर्थे। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार