• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप १४९० कोरोना संक्रमित थपिए,९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् ।

 

गएको २४ घण्टामा १५६७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार १ सय ६१ रहेको छ । कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.३४ प्रतिशतमा उक्लेको छ ।

 

आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार १७ लाख ५४ हजार ६३० परीक्षण भइसकेको छ । मन्त्रालयले हाल ६०५ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

 

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार