• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

 

प्रहरी परिचालन गरी मलाई भर्खरै हिरासतमा लिएको जानकारी दिन्छु’, उनले ट्विटरमा लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् !’  निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार