• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

नेप्सेमा झिनो वृद्धि

काठमाडौं आज नेप्से परिसूचक झिनो अङ्कले माथी उक्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले उकालो लागेर दुई हजार बिन्दूमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने आज १.७७ बिन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ ।

 

जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय १६ अंकको बृद्धि आयो भने टेलिकम सूचिकृत अन्य समूहमा पनि एकसय ७ अंकको बृद्धि आयो । यस्तै उत्पादनमूलक समूह ९९ अंकले बढ्दा जलविद्युत समूहमा पनि साढे ३८ अंकको बृद्धि आयो । निर्जिबन समूहमा ३४ अंकको गिरावट आउँदा वित्त समूहमा ७ अंकको गिरावट आयो भने म्यूचुअल फण्ड पनि ऋणात्मक रह्यो ।

 

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु ४४ करोड ३६ लाख ५० हजार ३९९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ३३ करोड ९० लाख ३५ हजार १६८, नेपाल बङ्गलादेश बैंक रु २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक रु २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट रु २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक रु २० करोड ११ लाख ९४ हजार ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

 

आज पुनरबीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए ।

 

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बङ्गलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार