• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेकपा सचिवालयको बैठक सकियो, बैठक भोली पुन : १ बजे बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठक सम्पन्न भएको छ । 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।

 

दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार