सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस