• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन

काठमाडौं । अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ।

 

यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ। नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्वास गरिएको छ।

 

मङ्गलवार कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त भएका छन्। टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन्।

 

संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार