• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए १,३०४ कोरोना सङ्क्रमित, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनका कारण थप एक हजार ३०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ ।  हाल १६ हजार ६३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

 

पछिल्लो चौबीस घण्टामा दुई हजार ७३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.७८ प्रतिशतमा उक्लेको छ । मन्त्रालयले हाल ६१६ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

 

यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो। हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार