महासचिव पौडेललाई केक खुवाएर शुरु भयो नेकपा सचिवालय बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकको शुरुमा महासचिव बिष्णु पौडेलको जन्मदिनको अवसरमा उनलाई दुबै अध्यक्ष र सचिवालयका अरु सदस्यहरुले केक काटेर खुवाएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले अध्यक्षद्वय र सचिवालयका सदस्यहरुले महासचिवलाई केक खुवाएको तस्वीर सामाजिक सञ्जाल मार्फत ट्वीट गरेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस