• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

 

हिजो पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

 

उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । 

 

यौन दुराचारमा परेका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आएको पाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार