• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

विश्वभर एड्स दिवस मनाइँदै : ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट सर्ने गरेको तथ्यांक

काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ ।

 

नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् ।

 

तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।

 

एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले जानकारी दिए ।

 

बालबालिका र वयस्कको संख्या १९ हजार ४१० छ । नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ ।

 

नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्ने गरेको तथ्यांकले देखाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार