• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

'दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ'

रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भएपनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताएका छन् ।

 

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नुपर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’ 

 

उनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताए । ऊर्जामन्त्री पुनले भने, 'दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।'

 

वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उनले सो सब-स्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुने बताए । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार