• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

कुकुरको कारणले अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा मर्कियो

फाइल तस्वीरः

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।

 

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताए । तर, उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा.केभिनले जानकारी दिए ।

 

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाइ पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्दैछन् ।

 

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्ेको देखिएको थियो । तर, वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन् । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा दुईओटा कुकुर छन् र उनीहरुले दुवैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताए । एपी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार