• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

ओलम्पियन दीपक विष्ट कोरोना मुक्त

काठमाडौं । ओलम्पियन तथा दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

आइतबार गरिएको  दोस्रो पीसीआर टेष्ट नेगेटिभ आएको विष्टले जानकारी दिए । मंसिर ३ गते उनलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । उनको पत्नी आयशा शाक्य भने गत साता नै कोरोना मुक्त भएकी थिइन् ।

 

त्यसअघि दीपकले आफुसहित परिवारको ६ जनामा कोरोना संक्रमण देखिएको  तर, उनले परिवारका अन्य सदस्य भने कोरोनाबाट मुक्त भईसकेको जानकारी दिए।

 

कोरोनापछि विष्ट होम आइसोलेसनमा बसेका थिए। नियमित योगा, व्यायाम, पोष्टिक आहार, सकारात्मक सोच, सबैको शुभेच्छाले आफू कोरोना मुक्त हुन सफल भएको गरेको विष्टले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार