• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ५१ रनले हराउँदै अष्ट्रेलियाले भारत विरुद्धको श्रृखंला २–० ले जितेको छ । तेस्रो एकदिवसीय खेल बुधबार खेलाइनेछ । जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो।

 

भारतका लागि कप्तान विराट कोहलीले ८९ र करण लोकेश राहुलले ७६ रनको योगदान गरेपनि जितका लागि अपर्याप्त रह्यो । श्रेयास ऐयर ३८, ओपनर मयनक अग्रवाल २६ तथा शिखर धवनले ३० रन बनाए । अष्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक तीन तथा एडम जाम्पा र जोश हयाज्लऊडले सामान दुई दुई तथा मोइजेज हेनरिक्स र ग्लैन म्याक्सवैलले सामान एक एक विकेट लिए ।

 

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३८९ रन बनाए थियो । अष्ट्रेलियाका लागि स्थिभ स्मिथले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १४ चौका र २ छक्काको सहयोगमा १०४ रनको योगदान गरे । 

 

पहिलो म्याचमा समेत स्मिथले १०५ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ८३,कप्तान एरोन फिन्चले ६०, मर्नुस लाबुशेनले ७० र ग्लेन म्यास्कवेलले २९ बलमा ६३ रन बनाए । उनले २५ बलमा अर्धशतक पूरा गरे । 

 

यता भारतका जस्प्रित बुमराहले १० ओभरमा १ मेडन सहित ७९ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । भारतले आज सात बलरलाई प्रयोग गरेको थियो । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार