• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एफएनसिसिआईको १९ औं अध्यक्ष बने शेखर गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गरेका छन्। काठमाडौंमा दुई दिनसम्म चलेको ५४औं साधारणसभा र निर्वाचन सम्पन्न भएपछि गोल्छा महासंघको अध्यक्ष बनेका हुन ।

 

गोल्छालाई निर्वतमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराउँदै उनलाई पीन लगाइदिइन्। त्यसलगत्तै अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियता ग्रहण गराएका थिए। 

 

महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार गोल्छा १९औं अध्यक्ष बनेका छन्। विसं २०७३ सालको चैतमा भएको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानलाई पराजित गर्दै गोल्छा भावी नेतृत्वका रूपमा चुनिएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार