• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

एक वर्षपछि १३ औं सागको खर्च विवरण सार्वजनिक

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो ।

 

राखेपका सदस्य सचिव रमेश सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ । यस्तै निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

 

राखेपले साग सकिएको एक वर्षपछि प्रतियोगिताको हिसाब किताब सार्वजनिक गरेको हो । १३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो 

 

यस्तै  नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार