• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

महासंघको वस्तुगत सदस्यमा निर्माता तथा निर्देशक आकाश अधिकारी निर्वाचित

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अधिकारीले १०१ मत मध्ये  ५६ मत प्राप्त गरेका थिए । 

 

अधिकारीले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । त्यस्तै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार