• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
फेशन

‘हेरिटेज अफ फेसन नेपाल’ को दोस्रो संस्करण हुँदै

काठमाडौं । हेरिटेज अफ फेसन नेपाल’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । 

 

असाप इन्टरटेनमेन्टले यहि चैत दुई गते (मार्च १५) मा नेपाल र अस्ट्रेलियामा एकसाथ उक्त फेसन कार्यक्रम आयोजना हुन लागेको हो। निर्माता सन्तोष अधिकारीको आयोजनामा हुने सो फेसन कार्यक्रममा नेपाली तथा विदेशी मोडलहरुको सहभागीता रहने जनाइएको छ।

 

गत बर्षबाट सुरु भएको कार्यक्रम पोखरा र अष्ट्रेलियामा आयोजना गरिएको थियो। यो बर्ष दुबई र यूरोपमा पनि फेसन शोको आयोजना गर्ने तयारी रहको उनले प्रष्ट पारे।

 

पहिलो संस्करणमा फेसन डिजाइनर तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचनको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार