भएको पनि गुमाएँ
मेरा पछिका बिपनाहरू
रातका सपना हुन् कि
क्षितिजका मधुर संगम
लहलहाउँदा कल्पनाहरू
कहीँ तरङ्गिएका तरङ्ग हुन् कि ?
पूजा गर्न भनी जाँदा
झन पाप पो बोकी आए
गंगा स्नान गर्दा
झन अपवित्रता पो ल्याएँ
अधिकार खोज्न जाँदा
भएको पनि गुमाएँ
घाउ निको पार्दा
अरु चोट थपी आएँ
म हाँस्छु
तर यो मेरो हाँसो होइन
यो गीत मेरो आफ्नों होइन
म आफूले आफैंलाई चिन्दिन
अरुले के चिन्लान् ?
म आफ्नो ढुकढुकी आफै सुन्दिन
अरुले के सुन्लान ?
प्रतिकृया दिनुहोस