• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

मापदन्डभित्र पर्ने व्यक्तिहरुको महानगरले निःशुल्क ‘पीसीआर’ परीक्षण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।

 

सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सुचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन ।

 

‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको शाक्यको भनाई छ ।

 

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाईमात्र पीसीआर परीक्षण गर्न आग्रह गरेका छन ।

 

उपत्यकामा पछिल्लो समय बढिरहेको संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार