• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

गायक शिवराजको गीत 'मुना' सार्वजनिक

काठमाडौं । गायक शिवराज जङ्गको  गीत 'मुना' सार्वजनिक भएको छ। 

 

घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशीनु पर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाइ, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा समेटिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।

 

गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको  गीतमा संगीत संयोजन मञ्जिल विक्रम केसीको रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले गीतमा अभिनय गरेका छन्।  

 

गीतको छायांकन ज्ञान चौलागाईले गरेका हुन् भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । गीतलाई फोरक्युव इन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो। गीतको भिडियो डिएआर मुभीको आफ्नो अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार