• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

प्रमोद खरेलको स्वर र राम कृष्णको शब्दमा यो माया के हो सार्वजनिक(भिडियो )

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको  यो माया के हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

 

मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा  नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष ) र मनोज ओली फिचर्ड छन् । 

 

दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् ।

 

यसअघि गीतकार महराले मैले भन्दा, साइनो , उठ युवा हो लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।  


भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार